यो वर्ष २०२२ मा गुगलमा सर्वाधिक खोजिएका बलिउड सेलेब्सको सूचीमा परेका यी नाम, जान्नुहोस् को थिए शीर्ष स्थानमा — OSNepal

यो वर्ष २०२२ मा गुगलमा सर्वाधिक खोजिएका बलिउड सेलेब्सको सूचीमा परेका यी नाम, जान्नुहोस् को थिए शीर्ष स्थानमा

LC (KTM) July 06, 2022 0

हालै, गुगलले यस वर्ष २०२२ मा सबैभन्दा धेरै खोजिएका बलिउड सेलिब्रेटीहरूको सूची जारी गरेको छ, जसमा दुई दिग्गज स्वर्गीय गायिका लता मंगेशकर देखि सिद्धु मूस वालाको नाम सहित करिब १०० व्यक्तिको नाम समावेश छ। सार्वजनिक गरिएको सूची अनुसार सिद्धु मूस वाला तेस्रो स्थानमा छन् भने लता मंगेशकरको नाम पाँचौं स्थानमा छ । यस बाहेक धेरै ठूला सेलेब्सको नाम पनि लिस्टमा सामेल छन्, जसको बारेमा हामी तपाई लाई जानकारी दिदैछौ ।

आफ्नो विवाहदेखि लिएर उनका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ सम्म रणवीर कपुर हरेक वर्ष गुगलमा द्रुत गतिमा ट्रेन्डिङ गरिरहेका छन् । त्यस्तै यस वर्ष कान्स फिल फेस्टिभलको निर्णायक सदस्यको रूपमा समावेश भएकी दीपिका पादुकोणको नाम यसपटक गुगलको यो सूचीमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटी बनेको छ । उता यस लिस्टमा कट्रिना कैफको नाम सातौं नम्बरमा छ ।

उनी आफ्नो विवाह र आगामी फिल्मका लागि पनि सबैभन्दा धेरै खोजिएकि अभिनेत्रीमा समाबेश भएकी छिन् त्यस्तै आलिया भट्ट आफ्नो व्यवसायिक जीवनदेखि व्यक्तिगत जीवनसम्म यो सूचीमा उनी आठौं स्थानमा छिन् । हालै बिहे गरेको दुई महिनापछि अभिनेत्रीले आफु गर्भवती भएको खुलासा गरेकी छिन् । प्रियंका चोपडाको नाम सबैभन्दा धेरै खोजिएको सूचीमा ९ औं स्थानमा छिन् र बलिउडमा तेस्रो सबैभन्दा धेरै खोजिएको सेलेब हो। यो सूचीमा सलमान खानको नाम ११ औं स्थानमा छ ।

यतिबेला सलमान खान आफ्नो आगामी फिल्म ‘टाइगर ३’ र ‘कभी ईद कभी दिवाली’ को कारण चर्चामा छन् । यस लिस्टमा शाहरुख खानको नाम १२ औं स्थानमा छ । उनी पछिल्लो समय आफ्नो आगामी फिल्म ‘पठान’ र ‘जवान’का कारण पनि निकै चर्चामा छन् । यस सूचीमा करिना कपुर खानको नाम १६ औं स्थानमा छ र बलिउडमा सर्वाधिक खोजिने अभिनेत्रीको सूचीमा छैठौं स्थानमा छ । करिना आजकल आमिर खानको फिल्ममा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर