यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने — OSNepal

यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । निर्वाचन आयोगले मंसिर २ गते गर्न भनि सरकारलाई सिफारिस गरेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेत कारण यस पटकको निर्वाचन खर्चिलो बन्ने भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले बताएअ अनुसार गएको २०७४ सालको देश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल २०७९ को निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर