शर्माले पदबाट राजीनामा दिएर उच्त्च नैतिकता प्रदर्शन गरे, अब तत्काल पार्टीले नयाँ अर्थमन्त्री नपठाउने — OSNepal

शर्माले पदबाट राजीनामा दिएर उच्त्च नैतिकता प्रदर्शन गरे, अब तत्काल पार्टीले नयाँ अर्थमन्त्री नपठाउने

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । नेकपा माओवादी केन्द्रले नयाँ अर्थमन्त्री नपठाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन नटुंगिएसम्म माओवादीले नयाँ अर्थमन्त्री नपठाउने भएको हो ।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा बिचौलिया प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

साथै, शर्माको राजीनामा पछि नेता वर्षमान पुनले शर्माले पदबाट राजीनामा दिएर उच्त्च नैतिकता प्रदर्शन गरेको बताएका छन् ।

उनले भने, ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो । छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन ।’

यदि छानविन गर्दा निर्दोष सावित भए पुन शर्मा नै अर्थमन्त्री बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर