संसदीय छानबिनमा निर्दोष सावित भए पुन: शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ — OSNepal

संसदीय छानबिनमा निर्दोष सावित भए पुन: शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनमा निर्दोष सावित भए पुन अर्थमन्त्री बन्ने बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पुनले छानबिनका लागि शर्माले मार्ग प्रशस्त गरेको बताए ।

‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’ उनले भने । पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ सुझाव दिएको बताएका उनले शर्मालाई राजीनामा दिनुपर्छ भनेर अनिवार्य नगरेको बताए ।

‘भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन । अर्थमन्त्रीजीले उच्च नैतिकता देखाउनुभएको छ। छानबिनलाई सहयोग गर्छु भन्नुभएको छ, त्यो स्वागतयोग्य कुरा हो ।’ उनले भने ।

पहिले नै पूर्वाग्रह राखेर छानबिन सुरु गर्ने भनेको त्यो पूर्वाग्रही सोच भएको भन्दै पुनले दिएको अभिव्यक्ति प्रति आपत्ती समेत जनाए । त्यसमा राजनीतिक उद्देश्य देखिने भएपनि संसदीय समितिले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्ने नेता पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर