दुर्घटनामा परी ज्यान गुमाएका विनोदको परीबारलाई प्रवासीले पठाए २० लाख — OSNepal

दुर्घटनामा परी ज्यान गुमाएका विनोदको परीबारलाई प्रवासीले पठाए २० लाख

LC (KTM) July 06, 2022 0

बागलुङ- दुई साताअघि सडक दुर्घटनामा परी ज्यान गुमाउनुभएका गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् ।घुम्टे युवा परिवार जापान शाखाको पहलमा सङ्कलित रु १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त रु दुई लाख थापाको तेह्राँै दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

सो राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुबा द्रोणबहादुरलाई प्रदान गर्नुभएको थियो । छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताउनुभयो । “एक सातामै स्वतःस्फूर्त रूपमा रकम सङ्कलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ”, उहाँले भन्नुभयो, “दिवङ्गत विनोद थापाका बैनीहरुको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौँ ।”

राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए । वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरुले गर्ने सहयोग अतुलनीय रहने बताउनुभयो । उहाँले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताउनुभयो । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उहाँको भनाइ छ । चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहनुभएका थापाले अल्पायुमै ज्यान गुमाउनुपरेको थियो । उहाँका बुबाआमा र तीन बैनी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर