कञ्चनपुरको दोदा नदीमा डुबेर १४ वर्षीय बालकको मृत्यु — OSNepal

कञ्चनपुरको दोदा नदीमा डुबेर १४ वर्षीय बालकको मृत्यु

LC (KTM) July 06, 2022 0

महेन्द्रनगर, २२ असार -कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो । बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ ।

दुई विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री खापुङले नै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको स्वास्थ्यमन्त्री खापुङले जवाफसमेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर