सिरहामा स्कुल बस अनियन्त्रित भई पल्टियो – OSNepal

सिरहामा स्कुल बस अनियन्त्रित भई पल्टियो

Osnepal July 07, 2022 0

सिरहा, २३ असार :

सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर