मिस इण्डिया सिनीमाथि जूनियर एनटीआरको नजर – OSNepal

मिस इण्डिया सिनीमाथि जूनियर एनटीआरको नजर

Osnepal Admin (KTM) July 07, 2022 0

मुम्बई । फेमिना मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीमाथि जोकोही नजर अडिएको छ ।

सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्मn] बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ ।

समाचारअनुसार टलिउड सुपरस्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएका छन् । एनटिआर र शिवा हाल यो विषयमा छलफल गरिरहेका छन् । उनीहरूले चासो दिए पनि सिनी तुरुन्तै फिल्ममा अनुबन्धित हुने सम्भावना न्यून छ ।

किनकी सौन्दर्य प्रतियोगिता जितेपछि एक वर्षसम्म विजेताले आयोजकका अत्यावश्यक कामहरु पुरा गर्नुपर्ने हुन्छ । यहीकारण उनीहरुले फिल्म या कुनै ब्राण्ड एन्डोर्समेन्ट जस्ता प्रोजेक्टमा हस्ताक्षर गर्न पाउँदैनन् । यदि जूनियर एनटीआरले सिनीलाई नै लिने हो भने उनले एक वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर