मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश — OSNepal

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश

LC (KTM) July 07, 2022 0

काठमाडौँ, २३ असार-प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खांणले उक्त प्रतिवेदन सदनमा पेश गर्नुभएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । पत्रमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर