बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न – OSNepal

बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न

Osnepal July 07, 2022 0

सुर्खेत, २३ असार:

स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ ।

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । ‘अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भने, ‘त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुनः मतदान भएको छ ।’

नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६. ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर