एनएसए कप खुल्ला पौडी प्रतियोगिता आइतबार — OSNepal

एनएसए कप खुल्ला पौडी प्रतियोगिता आइतबार

LC (KTM) July 07, 2022 0

काठमाडौं, २३ असार -नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार हुने भएको छ ।प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरी कुल २२१ खेलाडीहरूले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा जुनियर खेलाडीहरूको हौसला अभिवृद्धि गर्न जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

मित्र राष्ट्र चीनमा आयोजना हुने १९औं एसियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट खेलाडीहरूले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरूको छनोट हुनेसमेत अध्यक्ष बज्राचार्यले बताए ।

यसै प्रतियोगितामा दक्षिण एसियाको सर्वोत्कृष्ट प्रतियोगिता दक्षिण एसियाली खेलकुदको काठमाडौंमा सम्पन्न १३औं संस्करणमा ४ स्वर्ण २ रजत र ३ कांस्य पदक प्राप्त गर्दै इतिहास रच्दै राष्ट्रको गौरव राख्न सफल खेलाडी गौरीका सिंहलाई नगद १ लाख सहित सम्मान गरिने छ ।

यस्तै सो प्रतियोगितामा २ रजत र ३ कांस्य प्राप्त गर्ने डुवाना लामालाई ५० हजार, ४ कांस्य पदक प्राप्त गर्ने टिशा शाक्य र कांस्य पदक प्राप्त गर्ने ३ कांस्य पदक प्राप्त गर्ने अनुशिया तन्डुकारलाई नगद २५ हजारले सम्मान गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर