एमाले सत्तापक्षको कटाक्ष : गण्डकी प्रदेश सरकार तेल र पानीको समिश्रण हो, न खान मिल्छ न गाडि चल्छ ? — OSNepal

एमाले सत्तापक्षको कटाक्ष : गण्डकी प्रदेश सरकार तेल र पानीको समिश्रण हो, न खान मिल्छ न गाडि चल्छ ?

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । एमाले सरकार ढलेको गण्डकी प्रदेशमा यति बेला विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । विपक्षी दलमिलेर ढलेको नेकपा एमालेका सत्ता पक्षका सांसदहरु आक्रोशित बनेका छन् ।

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत माग्दा नेकपा एमालेको समर्थन आफुलाई चाहिएको बताएपछि आक्रोशित बनेका एमाले सांसद राजीव पहारीले अहिले सरकार नेताहरुको स्वार्थको कारण रिमोटबाट बनेको टिप्पणी गरेका छन् । उनले प्रदेश सभाको बैठकमा पहारीले ‘खुर्सानीको विउ रोपेर सुन्तला फल्छ ? रिमोटबाट चलेको हासको चाल न कुखुराको चालको यो सरकारले प्रदेशको समृद्धि ल्याउन सक्छ ?’ भन्दै प्रशन गरेका छन् ।

यो गठबन्धन तेल र पानीको समिश्रण हो, न खान मिल्छ न गाडि चल्छ ?’ भन्दै व्यग्ंय गरेका पहारीले नियुक्त भएको ६ दिनमै विश्वासको मत लिनुले केबल सताको माहे भएको स्पष्ट देखिएको अर्को आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर