कांग्रेसले सत्ताको लागि जे गर्दा पनि ठिक भन्ने तथ्य स्थापित गर्न खोजेको सत्ता पक्षको आरोप — OSNepal

कांग्रेसले सत्ताको लागि जे गर्दा पनि ठिक भन्ने तथ्य स्थापित गर्न खोजेको सत्ता पक्षको आरोप

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । गण्डकी प्रदशेका मुख्यमन्त्री नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेलले नेतृत्वको सरकारको नेकपा एमालेको सत्ता पक्षले आलोचना गरेको छ । आज विश्वासको मत लिने क्रममा नेपालीले एमालेको समर्थन आफुलाई चाहिएको भनेपछि सत्ता पक्षले कांग्रेसले सत्ताका लागि जे गर्दा पनि ठीक हुन्छ भन्ने तथ्य स्थापित पार्न खोजेको आरोप लगाएका छन् ।

एमाले सरकार ढाल्नलाई कांग्रेसले विपक्षीको समर्थन लिएको बताएका प्रदेशसभा सदस्य धनन्जय दवाडीले एमाले औचित्य पसष्टि गर्न कांग्रेसलाई गाह्रो हुने बताएका छन् । सत्ताको लागि ने पनि ठिक भन्ने कांग्रेसले दिएको सन्देश गलत भएको बताएका दवाडीले २०५१ सालको राजनीति सन्दर्भलाई स्मरण गर्दै भने.’२०५१ सालमा एमालेले लोकप्रिय सरकार चलाइरहेको थियो । तर, कांग्रेसले ढाल्दा देश प्रतिगमनमा गयो । अहिले पनि सत्ताका लागि जुन छिनाझप्टीलाई बढावा दिइरहेको छ । जो पनि ठीक, सत्ताका लागि जे पनि ठीक भन्ने सन्देश दिइरहेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर