शुक्रबार देशभर २,७६८ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

शुक्रबार देशभर २,७६८ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) June 18, 2021 0

काठमाडौं । शुक्रबार नेपालमा २,७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ४०२० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार शुक्रबार कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

यो पनि : ​पहिराले जुडीफाँट–चित्रेभञ्याङ सडक अवरुद्धविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट–चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकाररीदिनुभयो । “कतै ग्याबिनझालि सहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला–ठूला पहिरो खसेका छन्,” उहाँले भन्नुभयो । अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीयबासी चिसापानीबाट राइपुर हुँदै घण्टौ लगाएर यात्रा गर्न बाध्य हुनुपरेको छ ।

शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नति भइरहेको थियो । सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । पहिरो गएसँगै काम रोकिएको छ ।

सो गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार एक सय ४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ । पुलमा क्षति नपु¥याएको जनाइएको छ । अवरुद्ध सडकलाई खुलाउन शुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताउनुभयो । “पहिरो हटाउन शुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा तीन÷चार दिन लाग्छ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर