काठमाडौँमा ३९४ जनामा कोरोना संक्रमण, संक्रमणदर घटेको की घटाइयो ? — OSNepal

काठमाडौँमा ३९४ जनामा कोरोना संक्रमण, संक्रमणदर घटेको की घटाइयो ?

LC (KTM) June 18, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ३९४ जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०२० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमणदर घटीरहँदा मृत्युदर पनि घटेको मन्त्रालयले जनाएको छ ।

यो पनि :पूर्वसांसद परियारको निधन-नेपाली कांग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिनुभयो ।
विसं। २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत पर्नुभएको थियो ।

मानव मानवबीच हुने जातीय विभेदविरुद्धको आन्दोलनका अग्रणी परियारका निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताउनुभयो । कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गर्नुभएका परियारलाई इमान्दार नेताका रुपमा लिने गरिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर