गोठमा पराल लिन गएकि १२ वर्षीया बालिकाको गोमन सर्पले लियो ज्यान — OSNepal

गोठमा पराल लिन गएकि १२ वर्षीया बालिकाको गोमन सर्पले लियो ज्यान

LC (KTM) June 18, 2021 0

देउखुरी, ४ असार – देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् ।आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिनुभयो ।

बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान- नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ । निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप सो सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर