नेपालमा ह्वात्तै घट्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, क्रमिक रुपमा घट्न थाले संक्रमित पनि — OSNepal

नेपालमा ह्वात्तै घट्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, क्रमिक रुपमा घट्न थाले संक्रमित पनि

LC (KTM) June 18, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनाको कोरोनाबाट निधन भएको छ । पछिल्ला दिनमा संक्रमणदर घटीरहँदा मृत्युदर पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०२० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकामा मात्रै ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ३९४ जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि :गण्डकीका मुख्यमन्त्री नेपालीलाई विश्वासको मत प्राप्त-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र राजीव गुरुङले समर्थन गर्नुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतका विपक्षमा मतदान गर्नुभएको थियो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज मत लिनुभएको हो । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएका खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उहाँले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्नुहुने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उहाँले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गर्नुभए पनि उहाँहरुको कार्यविभाजन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर