खोलाले बगाएर बेपत्ता भएका अधिकारी मृतावस्थामा फेला — OSNepal

खोलाले बगाएर बेपत्ता भएका अधिकारी मृतावस्थामा फेला

LC (KTM) June 18, 2021 0

अर्घाखाँची ४ असार – खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् । अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो । बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्री नेपालीलाई विश्वासको मत प्राप्त- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र राजीव गुरुङले समर्थन गर्नुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतका विपक्षमा मतदान गर्नुभएको थियो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज मत लिनुभएको हो । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएका खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उहाँले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्नुहुने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उहाँले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गर्नुभए पनि उहाँहरुको कार्यविभाजन बाँकी छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर