चर्चित गीत ‘आगो पीएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जनमा सार्वजनिक — OSNepal

चर्चित गीत ‘आगो पीएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जनमा सार्वजनिक

LC (KTM) June 18, 2021 0

काठमाडौं । चर्चित गीत ‘आगो पीएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जनमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाल गायिका शिक्षा लिम्बूको स्वर रहेको छ । उक्त गीत म्युजिक भिडियोसहित रिमा इन्टरटेनमेन्ट नामक युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

जीवननाथ धमलाको शब्द रहेको गीतमा मा नारायण रायमाझीको कम्पोज रहेको छ । यसअघि धेरै गायक-गायिकाको स्वरमा यो गीत बजारमा आइसकेको छ । यो गीतको ओर्जिनल स्वर भने लक्ष्मी सृजन बजगाइँको रहेको छ ।

बाल गायिका शिक्षा लिम्बूले आफ्नो पहिलो गीत स्वरुप यस गीतलाई कभरको रुपमा रेकर्ड गराएकी हुन् । गीतलाई धेरै मन पराइएको छ । उक्त गीतलाई यसअघि मेल भर्जनमा गायक प्रशान्त तामाङ र फिमेल भर्जनमा दीपा सुहाङको स्वरमा पनि रेकर्ड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर