बर्गर हाउस टिमद्वारा मेलम्ची बाढी पीडितलाइ करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण — OSNepal

बर्गर हाउस टिमद्वारा मेलम्ची बाढी पीडितलाइ करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण

LC (KTM) June 18, 2021 0

काठमाडौं- अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गएको बाढी पहिरोले ठुलो भौतिक र मानबिय क्षेती पुगेको छ। मेलम्ची बजारको सयौ घरहरु डुबानमा परेको छ भने त्यस आसपासका हेलम्बु चनौटे तिर पनि ठुलो असर पुर्याएको छ।यस प्राकृतिक बिपत्तिले हजारौं जनताहरु घरवारविहीन हुनुका साथै त्यस क्षेत्रमा खान, बस्न, लत्ताकपडा र स्वास्थ्य सामाग्रीको पनि अभाव देखिएको छ।

साँझ पख आएको बाढि पहिरोका कारण धेरैले आफ्नो र परिवारको ज्यान जोगाउन सफल भए भने कतिपयलाई नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेर बचाएका थिए।घरमा रहेको अत्यावश्यक सामाग्रीहरु समेत निकाल्न भयाएनन् । अहिले त्यस क्षेत्रका पीडित जनतालाई विभिन्न सामाजिक संघ संस्था, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले अत्यावश्यक पर्ने विभिन्न खाद्यान्न सामाग्री , लत्ताकपडा तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेका छन् ।

यस्तो प्राकृतिक प्रकोपको पिंडामा रहेकाहरुको दुस्ख बेदना प्रती सहानुभूति प्रदान गर्न र सिन्धुपाल्चोकबासिको दुखेको घाउमा महलम लगाउन राहत स्वरुप ूद बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनू का संस्थापक वसन्त लामाको संयोजन तथा नेतृत्वमा करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु ूद बर्गर हाउस टिमूले मेलम्चीका स्थानीयबासी लाई हस्तान्तरण गरिएको अभियानका संयोजक तथा द बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिएका छन् ।

अब दोश्रो चरणको करिब ५(६ लाख बराबरको राहत सामग्री सहयोग भोलि नै हेलम्बुमा रहेका पीडितहरुको लागि हस्तान्तरण गर्ने तयारी रहेको पनि संस्थापक लामाले बताउनु भयो। बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुकपेजबाट यो अभियान चलाएका र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिनु भएकोमा सम्पुर्ण सहयोगदाताहरु प्रति आभार प्रकट गर्नु भएको छ।

लामाको नेतृत्वमा ३०० बोरा चामाल,७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ। सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यसअघि पनि विभिन्न समस्या र अफ्ठ्यारोमा परेका धेरै व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर