असार २९ गते सार्वजनिक बिदा ! — OSNepal

असार २९ गते सार्वजनिक बिदा !

LC (KTM) July 11, 2022 0

कास्की – गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिने भएको छ । भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद्ले गएको चैतमा बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यो पनि पढ्नुहोस :

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताएका छन् ।

सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिलाप्रति फ्रस्टेट भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा निकै हैरानी खेपेको उनले गुनासो गरे । सो क्रममा करिब ५६ हजारपटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीको भनाइ छ ।

‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति प्रतिवाद पत्र लेख्नुपर्छ । । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो । ३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भने, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५÷५६ हजार सिग्नेचर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुपर्‍यो, यहाँनिर (हातको औँला देखाउँदै) ठेला उठ्यो । कम्युटरले सिग्नेचर गर्दै, हातलै गर्नुपर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर