प्रधानमन्त्रीको स्पष्टिकरण : प्रहरीलाई हतियार किन्ने केन्द्रिय सरकारको कुनै योजना छैन — OSNepal

प्रधानमन्त्रीको स्पष्टिकरण : प्रहरीलाई हतियार किन्ने केन्द्रिय सरकारको कुनै योजना छैन

LC (KTM) July 14, 2022 0

काठमाडौं ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने सरकारको कुनै योजना नभएको बताएका छन् ।
जारी केन्द्रिय समितिको बैठकमा पार्टीका सभापति समेत रहेका देउवाले प्रहरीलाई हतियार किन्ने केन्द्रीय सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका हुन् ।

‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने केन्द्रीय सरकारको कुनै योजना छैन ।’ देउवाले भने । तथापी, हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर भइसकेको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रहरीलाई हतियार केन्द्रीय सरकारबाहेक प्रदेश सरकारले किन्न पाउँने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर