१४८ मतसहित प्रतिद्वन्दी भट्टराईलाई पराजित गर्दै उपसभामुख पदमा पुष्पा भुसाल निर्वाचित — OSNepal

१४८ मतसहित प्रतिद्वन्दी भट्टराईलाई पराजित गर्दै उपसभामुख पदमा पुष्पा भुसाल निर्वाचित

LC (KTM) July 15, 2022 0

काठमाडौं ३१ असार । प्रतिनिधिसभाको उपसभामुख पदमा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

संसद बैठकमा भएको निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेकी विद्या भट्टराई पराजित भएकी छन् ।

शुक्रबार दिउँसो भएको मतदानमा कांग्रेसकी सांसद भुसालले १४८ मत पाएकी छन् भने , प्रतिद्वन्दी भट्टराईले ९३ मत मात्र पाएकी छन् । कूल २४२ मत खसेको मत खसेकोमा एक मत तटस्थ बनेको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फे राजीनामा दिएसँगै सो पद रिक्त रहँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर