रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदै फाइदा — OSNepal

रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदै फाइदा

LC (KTM) June 19, 2021 0

काठमाडौ । चम्सुरको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पकाउने गरिन्छ । यसको सागले विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ ।

चम्सुर चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्छ । प्रचुर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । सुप सुपको साग गर्मी भएको अवस्थामा सेवन गर्दा शितलता दिन्छ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ । सुप नियमित सेवन गर्दा मुटुलाई पनि फाइदा गर्छ । प्रसूतिसम्बन्धी रोग भएकालाई राम्रो गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर