हैजा संक्रमितको संख्या ३१ पुग्यो — OSNepal

हैजा संक्रमितको संख्या ३१ पुग्यो

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्ने क्रम जारी रहेको छ ।

उपत्यका र आसपासका जिल्लामा अहिले सम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका , १५ देखि २४ वर्षसम्मका ९ जना , २५ देखि ४४ वर्षसम्मका ७ जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिक रहेका छन् ।

आज नुवाकोट कंकनीका एक जना युवक हैजा पुटि भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर