सेनाको हेलिकोप्टर तथा जहाज चार्टर गरेबापतको एक करोड ८९ लाख ५४ हजार रकम उठाउन बाँकी — OSNepal

सेनाको हेलिकोप्टर तथा जहाज चार्टर गरेबापतको एक करोड ८९ लाख ५४ हजार रकम उठाउन बाँकी

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेपाली सेनाले हेलिकोप्टर तथा जहाज चार्टर गरेबापत को रकम ४३ वर्षदेखिको उठाउन बाँकी रहेको छ ।

प्रत्येक वर्ष सेनाले हेलिकोप्टर तथा जहाज चार्टर गरेबापत लिन बाँकी रहेको गरेको रकम एक करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको हो ।

महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४-३५ देखि २०७७-७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा एक करोड ८९ लाख रुपैयाँ पुगेको बताएको छ ।

महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७-७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४-३५ देखि २०७६-७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत एक करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ, बक्यौता रकम समितिको कार्य विधिअनुसार असुल गर्नु पर्दछ’ ।

आर्थिक वर्ष २०७७(७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर