साउन २ गतेबाट ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने — OSNepal

साउन २ गतेबाट ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई साउन २ गते सोमबार कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जानकारी दिएको हो ।

साउन २ गतेबाट साउन ८ गतेसम्म दोस्रो मात्राको खोप लगाइने भएको छ । दोस्रो खोप लगाउन जाँदा पहिलो पटक खोप लगाउन गएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

सोमबारदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर