मोदीसँग भेट नभएर मलाई टेन्सन छैन, भेटेको भए पनि फोटो खिच्नेसम्म हुन्थ्यो होला : प्रचण्ड — OSNepal

मोदीसँग भेट नभएर मलाई टेन्सन छैन, भेटेको भए पनि फोटो खिच्नेसम्म हुन्थ्यो होला : प्रचण्ड

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् ।

तिन दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न होटल जान हिँडिसकेपछि अहिले सम्भव भएन भन्ने खबर बताएका छन् ।

‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो । यस विषयमा किन सम्भव नभएको भन्ने जानकारी आफुलाई थाहा नभएको समेत बताए ।

‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर