बझाङमा जमिन भासिएर सुनाले घटनास्थलमै ज्यान गुमाइन • OSNepal

बझाङमा जमिन भासिएर सुनाले घटनास्थलमै ज्यान गुमाइन

Osnepal June 19, 2021 0

तलकोट गाउँपालिका–६ रजाडामा पहिरामा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईँको पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रूपक खड्काले बताउनुभयो । उहाँका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर