कामरेड हरु थाक्नु भएन ? — OSNepal

कामरेड हरु थाक्नु भएन ?

LC (KTM) June 19, 2021 0

अराज बेल्बासे /शितगंगा – देशमा अहिले कामरेड हरुको सरकार छ । सहयौद्धाहरु एकै पाटीका मित्रहरुलाइ कम्युनिस्ट भाषामा कामरेड भनिन्छ । लोकतान्त्रित पाटीअरुले कामरेड भने पछि अर्काे पाटी अथवा कम्युनिस्ट पाटी बुझ्न सजिलो छ ।कामरेडको अर्थ पिर्य साथी मित्रनै हो तर हामी कहाँ राजनितीक छाप यसरी बस्यो कि कामरेड र जयनेपाल छुट्टै छुट्टै नारा हुन ।

देश अहिले कामरेडहरुको मात्र जस्तो छ । कम्युनिस्टको २ तिहाइको सरकार गठन भएर सुरु भएको कारमरेड सरकार अहिले खुट्टा लुलिलुलि छ । २ कामरेडहरुका पाटी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेर २०७५ जेठमा नेकपा बनेको पाटी चुनावमा करिव २ तिहाइ ल्याउदै सरकार बनायो । तर कामरेडहरुको त्यो यात्रा निरन्तर रहन सकेन ।

करिव १८ पटक सरकार बने पछि मन्त्रीमण्डल गठन भइ सक्यो । अहिलेका प्रधानमन्त्री राष्टप्रेमको नाराले सबै माझ हाइ हाइ भन्दै सत्तामा पुगे पनि नागरिक्ता बिधेयक, पटक पटक संसद विघटन , राजनितिमा जनमत नभएका अरु भटाभट मन्त्री वडा सदस्य समेत चुनाव हारेकालाई राष्टियसभाकोटिको हरेक राजनितीक न्युक्तिमा ओेलीको झापा मोहले पाटी भित्र किचलो बढ्दै देश यो अबस्था सम्म आयो ।

केपि ओेलीले सत्ता नछाड्न गरेका अनेक प्रपकाण्ड अझै चलि रहेका छन आलोपालो प्रधानमन्त्री देखि कार्यकारी अध्यक्ष सम्म पाटीमा बिबाद रह्यो । पाटीका नेता पाटी छलफल बैठक भन्ने केपि ओलीका लाई बन्द जस्तै बने पाटीले गर्ने नियुक्ती देखि हरेक कृयाकलाप अर्का अध्यक्ष होस या अन्य वरिष्ठ नेता कसैले जानकारी पाउने भनेको ओलिको घोषणा पछि मात्र भयो । पाटीमा छलफल नगरि हरेक राजनिति कृयाकलाप गर्दा माधव नेपाल ,झलनाथ खनाल , प्रचण्ड पक्ष हरु निरास बन्दै गए तर ओेलीले कहिले संबोधन गरेन्न । २०७५ जेठ २ पछि पाटीको सर्वेसर्वा केपि ओली मात्र रहे जसले गर्दा सबैमा नैरास्यता खिन्नता बढ्दै गयो । र पाटी फुटको अवस्थामा आयो ।

केपि ओलीका हरेक कृयाकलाप उनका समर्थकले तालि मात्र पिटे उनलाइ सजक गराउने कोहि भएन उनका आसेपासे र गुटगत राजनितिमा हावि भएका सबै कार्यकर्ताले ओलीको हरेक गलत कदमको समर्थ गरिरहे गलत कदमको बिरोध गर्ने पाटीका सिपाहि हरु माभव गुट प्रचण्ड गुट बनाइएर र तिनिहरुको पाटी योगदान नभएको जस्तै व्यवहार केपिका कार्यक्रतामा रह्यो र पाटीको माया भएका सच्चा जस्ले आफ्नो नेताले राम्रो गरोस जनताको काम गरोस मन जितोस भन्ने हरु अर्कै पाटीको जस्तो ब्यवहारले गर्दा पाटी एकतामा समेत धक्कता पुग्यो ।

केपि ओलीका अन्धभक्त बन्ने हरुले उनका हरेक कदमको प्रशंसा गरे जसले ओलीलाइ गल्ती गर्न झन प्रोत्शान भयो । ओेली आफुहरु मात्रनेता अर्काे टिम कार्यक्रता सम्म भन्न सकेन्न जसले लाखौ कार्यक्रता नेताहरुमा ठेस पुग्यो र अहिले कम्युनिस्ट पाटी हरु र ठुलो दल एमाले जसमा ओरिजिनल एमाले भन्ने हरु वा ओेली पक्षहरुको अहम्ताले नोक्सानी सुरु भइरहेको छ ।

राष्ट्रिय सभाका २ निर्वाचन,कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश,गण्डकी प्रदेशमा नतिजा आइ सक्यो अन्य स्थानमा पनि त्यही क्रम जारी छ । केही समय अघि भएको स्थानियतहका उप निर्वाचनमा समेत एमालेले जितेका धेरै स्थान खोसिए । अझ पनि केपि ओली र उनका अन्धा समर्थक हरु यो बाटोमा रहे अबस्था कस्तो आउला ।अहिले केपि सरकार थर्मराउन थाले पछि आफु अप्ठेरोमा परे पछि उनिहरुको गुट निकै एकताको गित घन्काउन थालेका छन ।

२०७५ जेठ ३ को स्थितिमा पुग्ने सुरु गर्ने भन्दै निकै एकताका बहस चलि रहेको छ तर अधिकांसले यसलाइ सत्य मानेका छैन्न र त्यसमा विश्वास गर्ने आधार पनि खाशै छैन केपि ओली साच्चिकै जेठ ३ मै जान तयार हुन भने उनले गरेका हरेका नियुक्तीहरु पनि जेठ ३मै पुगेर सहमतिमा गर्न तयार हुनु पर्छ नियुक्ती र झापा प्रयावाची जस्तो बनाउनु भन्दा पाटीको निर्णयले नियुक्ती र राजनितिक जिम्मेवारी दिन सक्नु पर्छ ।

जिवनभर राजनिति गरेर एमालेका झोला भिरे केपि ओली बनाएका पाटीका नेता बनाएका नेता देखि मतदाता हरु माधव नेपाल हुन कि गोकर्ण विष्ट, बिष्णु पौडेल हुन कि बिष्णु पन्थी सबै बिरासत हो पाटी केपि ओलीका आसेपासेको मात्र सहकारी सस्था हैन राजनितीक पाटी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर