मलाई मारिदिनुको सफलतापछि मोडल प्रिन्स लियोले ल्याए 'लेख्छ कस्ले मर्ने मिती'को भिडियो, बिना र प्रिन्सको अभिनयको चर्चा — OSNepal

मलाई मारिदिनुको सफलतापछि मोडल प्रिन्स लियोले ल्याए ‘लेख्छ कस्ले मर्ने मिती’को भिडियो, बिना र प्रिन्सको अभिनयको चर्चा

LC (KTM) July 19, 2022 0

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको लेख्छ कस्ले मर्ने मिति बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द शृजना रहेको गीतमा नेहर बुढाथोकीको संगीत शृजना रहेको छ ।

पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक बिकृतिले बिछोडीएको परिवारको दर्दनाक कथालाई मोडलद्धय प्रिन्स लियो र बिना राउतका माध्यमबाट देखाउन खोजीएको छ ।

परिवार पाल्नका लागि विदेश हानिएको एउटा युवा पत्निले गलत कदम चालेकै भरमा जागिर छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेकाहरुको कथामा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ ।

विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् ।

रोल्पाको घर्तीगाउँका प्रिन्सले यस्तै बेदानाले भरिएका मर्मस्पर्शी र जीवन्त गीतहरु मात्रै बजारमा ल्याउने गरेका छन् । यसअघि उनका शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयमकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *