घाँस काटिरहेका बेला भीरबाट लडेर गम्भीर घाइते भएकी १६ वर्षीया ललिताको अवस्था गम्भिर — OSNepal

घाँस काटिरहेका बेला भीरबाट लडेर गम्भीर घाइते भएकी १६ वर्षीया ललिताको अवस्था गम्भिर

LC (KTM) June 19, 2021 0

बूढीनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएका १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन । यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर पु¥याएको थियो । अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनीलाई पु¥याइएको थियो । स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने जानकारी दिनुभयो ।

प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ । जिल्लामा हेलिकप्टर आउन सकेको छैन । ” सुदूर पश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हवाई उद्धारमा पहल गर्नुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर