पर्यटनलाई सहुलियत दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं ! — OSNepal

पर्यटनलाई सहुलियत दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं !

LC (KTM) July 20, 2022 0

अनुसा थापा- नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरु नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले मँहगो भाडा लिएर ठग्ने । होटलदेखि लिएर टुरिस्ट बसहरुले समेत विदेशी भनेपछि ठग्न सुरु गर्छन् । ट्रेक्रिङ गर्न पनि नेपालीलाई भन्दा चर्को शुल्क लिन्छन् । पछिल्लो समय फाट्टफुट्ट मात्र विदेशी देखिन्छन् । पहिलेको जस्तो चाप छैन् । नेपालमा भएका केही पर्यटकले समेत राम्रो सेवासुविधा पाउन सकेका छैनन् । सरकारले पनि यसतर्फ ध्यान दिएको छैन् ।

हरेक पाइलामा विदेशी पर्यटन ठगिएका छन् । उही सामान नेपालीलाई भन्दा दोब्बर मूल्यमा बेच्ने क्रम अझै पनि जारी छ । पर्यटनलाई गर्ने व्यवहार राम्रो छैन् । विदेशीका लागि उचित सुरक्षाको व्यवस्था पनि मिलाइएको छैन् । नेपालको भौगोलिक अवस्था हेर्ने हो भने एकदमै भिरालो छ । बाहिरी जिल्लामा सडकको समेत विस्तार भएको छैन् । जसले गर्दा उनीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । ट्रेक्रिङमा जाँदा, सगरमाथा चढ्दा र विभिन्न ठाँउमा घुम्न जाँदा विदेशीको ज्यान गएको थुप्रै घटनाहरु बाहिर आएका छन् ।

त्यसैगरी मठमन्दिरमा दर्शन गर्न जाँदा मन्दिर परिसरमा माग्न बसेकाहरु विदेशीको खुट्टामै झुत्तिन्छन् । उनीहरुलाई दर्शन गर्न जान पनि निकै सकस परेको देखिन्छ । माग्नेहरुले उनीहरुलाई हैरान पारिररहेको भेटिन्छ । उता, होटल व्यवसायीले पनि नेपालीलाई उही सेवा दिन्छ हजार रुपैंयामा । तर, विदेशीसंग त्यसको तेब्बर असुल्छ । हरियो प्लेटका बसहरु पनि त्यस्तै ठगिरहेको छ । नेपालीले एक हजार रुपैंया तिर्ने बाटोमा विदेशीहरु पाँच हजार तिर्छन् । नेपाल उर्लिनेबित्तिकै विदेशीहरु ठगिन सुरु हुन्छ । एयरपोर्टमा साना व्यापारीदेखि लिएर ठूला सबैले ठग्छन् ।

अरुलाई २० रुपैंयामा बेचने पानीको मूल्य एकाएक सय रुपैंया पर्न जान्छ । एयरपोर्टबाट विभिन्न होटलमा जानका लागि ट्याक्सीको आवश्यकता पर्छ । हरियो होस् कि कालो प्लेटको पाँच सयको बाटोमा पाँच हजार मागिदिन्छन् । नेपालमा ‘अतिथि देव भव’ भनिन्छ । पाहुनाको सेवा र सत्कार गर्नु हाम्रो धर्म हो । तर, आएका पाहुनालाई नै हामी कहिल्यै नफर्किने गरी शिथिल बनाइरहेका छन् । भन्ने एउटा गर्ने अर्कोजस्तो भइरहेको छ । विदेशी लाई कसरी राम्रो सेवासुविधा दिने ? उनीहरुलाई पटकपटक नेपाल आउन कसरी प्रोत्साहन गर्ने ? कसैलाई चासो छैन् ।

विदेशी मरोस् कि बाँचोस् नेपाल सरकारलाई केही मतलब नै छैन् । घुम्न भनेर नेपाल आएपछि उसको सुरक्षा गर्नु सरकारको दायित्व हो । तर, सरकारलाई नै विदेशी ठग्न मात्र छ । विदेशीहरु जहाँ जान्छन्, उनीहरुले कर तिरिरहेका हुन्छन् । नेपालीलाई भन्दा उनीहरुलाई लिने कर निकै नै मँहगो छ । केही महिनाअघि ठमेलस्थित एक होटलको छतबाट विदेशी लडेर मरे । यसले नेपालका होटलहरु कति असुरक्षित र जोखिमपूर्ण छन् भनेर साबित भइसकेको छ । विदेशीहरु नेपाल घुम्न आउने हो ठगिन र मर्न आउने होइन् । तर, अहिले नेपाल आउनु भनेको पैसा बढी भएर आएको जस्तो गर्न थालिएको छ ।

न राम्रो सेवासुविधा छ न ज्यानको सुरक्षा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसंग यसविषयमा कुनै पनि योजना छैन् । बढीभन्दा बढी विदेशीलाई नेपाल आउन कसरी प्रोत्साहन गर्ने ? भनेर उनले खाका पनि तयार पारेका छैनन् । होटल व्यवसायीहरुले हाम्रो व्यवसायी चुलुम्मै डुब्यो । विदेशीहरु आउने वातावरण बनाइदिनुपर्यो भन्दै पर्यटनमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाए । तर, हिजोको दिनमा रातारात धनी हुने सपना नदेखेको भए आज विदेशीको खडेरी लाग्दैनथ्यो । हाम्रो पाहुनालाई हामीले ठग्नुहुदैन् राम्रो बोलीबचन गर्नुपर्छ भनेर सोचेको भए विदेशीहरु फर्कीफर्की नेपाल आउथे ।

आफ्नो व्यापार व्यवसाय डुब्ने भो भनेर यतिखेर विलौना गरेर के गर्ने ? हामीले बैंकको ऋण तिर्न सकेनौ, कर्मचारीलाई तलब दिन सकेनौं भनेर उनीहरुले मन्त्रीलाई दुःखेको पोखे । तर, मन्त्रीले अब के गर्ने ? तानेर ल्याउने कुरा भएन् । होटलमा खाएको र बसेको रेट सरकारले तोकेको होइन् । होटल व्यवसायी आफैले तोकेको हुन् । उनीहरुले मनलाग्दी रेट राखेर विदेशी र नेपाली दुवैलाई लुटरहेका छन् । होटल व्यवसायीले खानेकुराहरु बासी खुवाउने । ओछ्यान, ओढ्नेओछ्याउने पनि सफासुग्घर नहुने । बाथरुमको प्रबन्ध पनि त्यति राम्रो नहुने । टिभी पनि थोत्रा, पुराना राख्ने ।

जस्ताको टहरामुनि पनि होटल सञ्चालन भइरहेको छ । चर्किसकेको घरहरुमा लज, गेष्ट हाउस चलाइरहेका छन् । कुन घरमा होटल राख्ने ? होटल खोल्न केके मापदण्ड हुनुपर्ने यो त सरकारले तोकिदिनुपर्यो । होटल त व्यवस्थित ठाँउमा सञ्चालन गर्नुपर्ने हो । सामान्य होटलले दैनिक एकदेखि ठूलाले करोडसम्म व्यापार गरिरहेका छन् । तर, यसबापत राज्यले राजस्व पाएको छैन् । नागरिक मात्र नभई राज्य पनि ठगिएको छ । कतिपय होटलहरु दर्ता नगरी पनि सञ्चालन भएका छन् । दर्ता भएकाहरुको पनि कागजात नवीकरण गरिएको छैन् । यसको अनुगमन न जिल्ला प्रशासन कार्यालयले गर्छ न नगरपालिकाले । वडा त कुरै नगरौं ।

होटलमा खानेकुरा बनाउने ठाँउहरु पनि त्यस्तै फोहोर छ । न किचेन सफा छ न खाना पकाउने कुक । विदेशीहरुले त अंग्रेजी बुझ्छन् तर नेपालीलाई मेनु नै नबुझेर धौधौ छ । के मगाउने भन्ने नेपालीहरु आफै अलमल्ल पर्छन् । मेनु पनि दुवै भाषामा तयार पारिदिनुपर्यो । लज र होटलमा बसेको र खाएको रेट सञ्चालकको जिब्रोले तोक्छ । सरकारले निर्धारण गरिदिने हो भने सबैलाई सर्वसुलभ पर्न जान्छ । होटल साहुले खानेकुराको मँहगो रकम लिन्छन् तर त्यसअनुरुप खानेकुरा पाउदैनन् । पैसा गनेर लिइसकेपछि खानेकुरा पनि जोखेर दिनुपर्यो । सरकारले यसका निम्ति कानून बनाउनुपर्छ । हरु सामान तौलिएर दिन्छ भने होटलमा पनि यही व्यवस्था लागु गर्नुपर्यो ।
पैसा त तिर्छौ तर पेट भरिदैन् । पर्यटन मन्त्रालय र पर्यटन विभागको यसतर्फ ध्यान गएको छैन् ।

सम्बन्धित निकायले पनि अनुगमन गरेको पाइदैन् । घुमघाम गर्न वा आफ्नो कामका लागि एउटा जिल्लाबाट अर्को जिल्लामा जान्छौं । आफन्त नभएपछि होटलमै गएर बस्नुपर्ने हुन्छ । तर, भुरा र बुढासंग युवालाई दाजिएको छ । बच्चाले कति चाहि खान सक्छ ? तर, उसको पनि ठूलो मान्छे जति नै पैसा लिन्छन् । उनीहरुको त हाफ लिनुपर्ने हो । होटल व्यवसायी महासंघको अगाडि सरकार लम्पसार परेको छ । होटल व्यवसायी जनता र राष्ट्रप्रति जिम्मेवार भएनन् ।

आफै पेशासमेत यिनीहरुले इमान्दारिताका साथ निभाएनन् । जसरी हुन्छ विदेशी वा स्वदेशी ठग्नतिर मात्र यिनीहरुको ध्यान गयो । मुलुकमा कोरोना कहर आएपछि सरकारले होटल व्यवसायीलाई एक वर्षको पानी, बत्तीलगायत धेरै कुरामा छुट दियो । तर, जनताले त खानेकुरामा छुट पाएनन् । घाटा त राज्य र जनतालाई मात्र भयो । आफू नाफा कमाउनका लागि होटल व्यवसायीले कमशल सामान ल्याएर पकाउछ् । गुणस्तरहीन, म्याद गुज्रिसकेका सामान पकाएर मँहगोमा बेच्छन् । तरकारीदेखि लिएर माछामासुमा पनि त्यस्तै छ । होटलमा राखेका मदिराजन्य पदार्थहरु पनि सबै खान अयोग्य छन् । डुब्लिकेट रक्सीहरु पनि राख्छन् ।

सरकारले निरीक्षण नगर्दा जनताहरु रोगको शिकार बनेका छन् । होटलमा अनुगमन गरेका कुराहरु खासै सुनिदैन् । सरकारले ऐनकानून नबनाउदा राज्यविशिन बनेको छ । मँहगो पैसा तिरेर कमशल खाधपदार्थ खान जनता बाध्य भएका छन् । सरकारले होटल व्यवसायीलाई छाडा छाडेको छ । उनीहरुले जे गरेपनि छुट छ । न कारबाही हुन्छ न जरिवाना । अहिले विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । विदेशीहरु नआँउदा देश नै टाट पल्टिसकेको छ । तर, विदेशीलाई अब कसरी भित्राउने ? सहुलियत दिएर हुन्छ कि ? सेवासुविधामा थप राम्रो बनाएर हुन्छ कि ? यस विषयमा सम्बन्धित निकायको ध्यान गएको छैन् ।

डलर नभित्रिदा अर्थतन्त्र प्रभावित बनेको छ । मनोमानी चलाउने होटल व्यवसायीको दर्ता नै खारेज गरिदिनुपर्छ । विभिन्न नीति अघि सारेर नेपाललाई श्रींलंका बनाउनबाट रोकौं । नेपालको मुख्य आम्दानीको स्रोत भनेको पर्यटन नै हो । तर, पर्यटनलाई नै हामीले राम्रो व्यवहार गर्न सकेनौ । अहिले ठूलाठूला नेताहरुले नेपाल श्रीलंका हुन्छ भनिरहेका छौं । देशलाई बचाउन बेलैमा सोचौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर