क्यान्सर लाग्नबाट बचाउने कुरिलोका अरु के के छन् फाइदा ? — OSNepal

क्यान्सर लाग्नबाट बचाउने कुरिलोका अरु के के छन् फाइदा ?

LC (KTM) June 20, 2021 0

काठमाडौं । हाम्रो भान्सामा उपलब्ध हुने अधिकांश सागसब्जीमा औषधीय गुण रहेका हुन्छन् । तर, तिनको प्रयोग कसरी गरिन्छ भन्नेले फाइदा र बेफाइदा गर्छ । हरियो सागशब्जीमा आफैँमा फाइदाजनक हो । अझ कुरिलोमा त झनै स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ । सुप वा तरकारी बनाएर खान मिल्ने कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियमसहित विभिन्न पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ ।

कुरिलोको तरकारी वा सुप बनाएर खाँदा शरीर दुखेका, शारीरिक दुर्बलता हटाउन र महिलाहरुमा हुने महिनावारी गडबडीलाई निको पार्न सहयोग गर्छ ।
सुत्केरी महिलाहरूमा दूध नआउने समस्या हटाउन पनि कुरिलो खान सकिन्छ भने यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढाउन पनि मद्दत गर्छ ।

कसैलाई पिसाब पोल्ने समस्यामा भएमा कुरिलो खाएमा ठिक हुन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउनुको साथै पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा हुने संक्रमणलगायत रोग निको पार्ने काम पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर