कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा ह्वात्तै घटे कोरोना संक्रमित — OSNepal

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा ह्वात्तै घटे कोरोना संक्रमित

LC (KTM) June 20, 2021 0

काठमाडौँ-भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको थियो ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर