भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु , १२ जना घाइते — OSNepal

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु , १२ जना घाइते

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

मृत्यु हुनेमा नितेज खर्बुजा रहेको एक जनाको मात्र सनाखत भएको छ ।बाँकी दुई जनाको बाँकी रहेको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर