ठगी गरेको आरोपलमा ब्लु स्काइ कल सेन्टरका ७ जना सञ्चालकसहित डेढ सय युवा पक्राउ — OSNepal

ठगी गरेको आरोपलमा ब्लु स्काइ कल सेन्टरका ७ जना सञ्चालकसहित डेढ सय युवा पक्राउ

LC (KTM) July 24, 2022 0

बुटवल ८ साउन । प्रहरीले ठगी गरेको अभियोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ । सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि प्रहरीले छापा मारेको हो ।

जिल्लाको जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ निजहरुले कार्यालय चलाइरहेको प्रहरीको अनुशन्धानबाट खुलेपछि प्रहरीले ७ सञ्चालक सहित डेढ सय युवा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार उक्त कार्यालय विदेशीको लगानीमा खोलेर कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको पाइएको छ ।

पक्राउ पर्ने युवाहरुले भने आफुहरु कर्मचारी भएको र लिंक भन्ने संस्थामार्फत काम गर्न आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर