एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो — OSNepal

एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

LC (KTM) June 20, 2021 0

ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचारअनुसार यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो ।

यहाँ केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ ।ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन् ।

ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा दोस्रो स्थानमा पर्दछ । यहाँ अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर