कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा — OSNepal

कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा

LC (KTM) July 24, 2022 0

जुम्ला, ८ साउन- कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ । १९ सय ५५ मा नेवार समुदायको सुरु गरेको यो जात्राको यस वर्षको तयारी पूरा भएको हो ।

नेवार समुदायका प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायका कृष्णमान श्रेष्ठ र पूर्णमान श्रेष्ठले सुरु गरिएको यो जात्रा अहिले जुम्लाबासीको महत्त्वको रुपमा रहेको छ ।

नेवार समुदायको प्रमुख पर्व भए पनि पछिल्लो समय जात्राप्र तिको मोह अन्य समुदायका जुम्लीहरुमा बढ्दै गएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए । जात्रा साउन १० गतेबाट बिधिवत रुपमा सुरु गरिने भएको छ ।

नेवार समुदायले मनाउने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि सहभागिता हुन थालेको छ । समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रुपमा जात्रालाई ब्यवस्थित रुपमा संञ्चालन गर्नका लागि सबैको साथसहयोग आवश्यक रहेको उनीहरुको भनाइ छ ।

जात्राको लागी पहिलो उठाइले शुल्क यस पटक स्वेछिक बनाइएको छ । यसको लागि आर्थिक समितिमा उत्तम श्रेष्ठ रहेको जात्रा समितिका अध्यक्ष रमेश क्षेष्ठले बताए । संरक्षण समितिका अध्यक्ष चित्रलाल श्रेष्ठ रहेका छन् । जुम्लाको जात्रा सफल पार्नका लागी २९ जनाको समिति बनाइएको छ । बजा समितिका संयोजक हरिपरियारलाई राखिएको छ ।

जात्रामा झण्डै सात लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसको लागी जुम्लाका सबै स्थानीयतहमा आबश्यक पहल भइरहेको कोषाध्यक्ष कार्कीले बताए ।
कर्णालीमा मनाइने गाईजात्राको ऐतिहासिक महत्व छ । वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न बाहिर जिल्लाबाट समेत सर्वसाधारणको सहभागी हुने गरेको छ ।

जात्रामा देखाइने प्रस्तुतिले साना बालबालिकादेखि सबैको मन तान्न सफल भएको पाइन्छ । गाइजात्रा, रोपाई जात्रा , पल्टन जात्रा ,मिम वास्सा, फौजी व्यारेक, साधु सन्त, खस धामी झाँक्री लगायतका विभिन्न प्रकारका नाचहरु हास्यव्यंग्यका प्रस्तुत देखाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर