सिन्धुपाल्चोकको भिषण बाढीले बगाएर बाँच्न सफल नारायण भन्छन् मलाई दाउरालाई जसरी बाढीले बगायो — OSNepal

सिन्धुपाल्चोकको भिषण बाढीले बगाएर बाँच्न सफल नारायण भन्छन् मलाई दाउरालाई जसरी बाढीले बगायो

LC (KTM) June 20, 2021 0

काठमाडौँ । सिन्धुपाल्चोकमा आएको भिषणबाढीले अहिले ठूलो समस्या निम्तिएको छ । कैयौँ सर्वसाधारण घरबार विहिन बन्दा मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेको समयमा नै बाढीले बगायो ।

असार १ गते साँझ ६ बजे आएको बाढीले बगाउँदा आफ्नो बाँच्ने दिन यत्तिनै रहेको बताउने नारायण गम्भिर घाइते भए । बाढीमा बग्दै जाँदा उनी मुक्किलले एउटा रुखमा अड्किन पुगे र रुखकै सहारामा उनी बाँचे । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीलाई तर पनि उनले हिम्मत हारेनन् र बाँच्ने आशा बढेर गयो । एउटा रुखले नारायाणलाई पुर्नजीवन दियो ।

रुखमा अड्कीएको बेलामा उनका मनमा कैयौँ कुराहरु खेलीरहे । उनलाई दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जेल बाँचौंला जस्तो लागेको थियो रे तर हुने हार दैव नटार भनेझै उनको समय नआएकाले दैवले पनि उनलाई लैजान सकेन र अन्तत उनले पुर्नजीवन पाए ।

नारायाणले सँगै रुखमा अड्कीएका ज्ञानेन्द्रलाई बगाएको देख्दा केही गर्न सकेनन् । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मारिसकेको भएता पनि उनको भाग्य बलियो रहेछ र आज यसरी कुराकारी गरिरहेका छन् । आफ्नो परिवारसँग बस्न र बाँकी जीवन जिउन पाएका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर