सिंहदरबारमा प्रचण्ड बामदेवबिच भेटवार्ता,भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल — OSNepal

सिंहदरबारमा प्रचण्ड बामदेवबिच भेटवार्ता,भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

दुई नेताबिच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर