कारागारमा रहेका रेशम चौधरीले बर्दिया २ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिँदै — OSNepal

कारागारमा रहेका रेशम चौधरीले बर्दिया २ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिँदै

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । चौधरीले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट आगामी प्रतिनिधि सभाको निवार्चनमा उम्मेदवारी दिने भएका हुन् ।

उनले बर्दिया २ का प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी बर्दिया २ र आफू कैलाली १ बाट उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिएकी हुन् ।

‘यहाँका नागरिकहरूको समस्या सम्बोधन र उनीहरूको जीवन स्तर सुधार गर्न कसैले पनि चासो दिएनन् त्यसैले उहाँले उम्मेदवारी दिन दिनुभएको हो,उहाँ अहिले पनि नागरिक उन्मुक्तिको विषयमा चिन्तित हुनुहुन्छ ।’रन्जिता श्रेष्ठले भनिन् ।

हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यस विषयमा छलफल गरिहेको पनि उनले बताइन् ।

बर्दिया–२ को मधुवन नगरपालिकामा एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान थालिएको बताएकी उनले टीकापुर घटनामा झुटो मुद्दा लगाएर रेशम चौधरी जेल जान बाध्य पारिएको आरोप समेत लगाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर