समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने — OSNepal

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले समाजवादी केन्द्र नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको खुलासा गरेका छन् ।

आज साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको छ ।

गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको र बताएका छन् । समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम रहने निश्चितप्रायः रहेको अवस्थामा आज प्रचण्ड र गौतमबिच भेटवार्ता भएको हो ।

साथै, भेटमा वामपन्थी एकतालगायतका विषयमा समेत छलफल भएकोछ । यता प्रचण्ड पनि समाजवादी केन्द्र साउनभित्रे बनाउने तयारीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर