ग्याष्ट्रिक अल्सर र कोलस्ट्रोल भएका बिरामीका लागि गुन्द्रुक खानुका यस्ता छन् फाइदै फाइदा — OSNepal

ग्याष्ट्रिक अल्सर र कोलस्ट्रोल भएका बिरामीका लागि गुन्द्रुक खानुका यस्ता छन् फाइदै फाइदा

LC (KTM) June 20, 2021 0

काठमाडौ गुन्द्रुक स्वादका लागि मात्र नभए स्वाथका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा नियमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चोपिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको सेवन प्राय जाडो महिनामा प्रयोग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि निकै मन पर्छ । यसको स्ताद अमिलो हुन्छ । यसलाई सागबाट बनाउन सकिन्छ ।

सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ ।तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ । कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।

आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर