एक निष्ठावान नेताको निधनले पार्टीलाई अपूरणीय क्षति क्षति भयो : देउवा — OSNepal

एक निष्ठावान नेताको निधनले पार्टीलाई अपूरणीय क्षति क्षति भयो : देउवा

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । नेपाली कांग्रेसका पूर्वसञ्चार राज्यमन्त्री तथा सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर बिष्टको निधने आफुलाई किनै दुखी बनाएको सभापति शेरवहादुर देउवाले बताएका छन् । कोरोना संक्रमणबाट आज काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा नेता विष्टको निधन भएको हो ।

एक निष्ठावान नेताको निधनले पार्टीमा अपुरर्णीय क्षति भएको बताएका देउवाले मृतक आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा फेसबुक मार्फत यस्तो दुख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर