आफ्नो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको हावी भएपछि सुरक्षित स्थान खोज्दै प्रचण्ड यस पटक धनुषाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने — OSNepal

आफ्नो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको हावी भएपछि सुरक्षित स्थान खोज्दै प्रचण्ड यस पटक धनुषाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा चितवनबाट नउठ्ने भएका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा स्वतन्त्रहरुको हावी भएपछि चुनावमा सुरक्षित स्थान खोज्दै प्रचण्ड यस पटक धनुषाको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका स्रोतले जनाएको छ ।

गएको ०७४ को निर्वाचनमा धनुषा १ माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएका थिए ।

आगामी निर्वाचनपछि देशको बागडोर आफ्नो पार्टीको हातमा आउने भन्दै देशको नेतृत्व गर्न माओवादीलाई कसैले पनि रोक्न नसक्ने दावी समेत प्रचण्डले गर्दै आएका छन् ।

आगामी निर्वाचनमा यादवलाई समानुपातिकमा राखेर दाहालले यो क्षेत्रबाट चुनाव लड्ने बुझिएको छ । चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डलाई हराउन यति बेला नेकपा एमाले देखि स्वतन्त्र उम्मेद्धवार सक्रिय रुपमा लागि परेका छन् ।

प्रचण्ड सबै पूर्व माओवादीहरु एकजुट बनाई माजवादी केन्द्र बनाउने गृहकार्यमा लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर