काठमाडौं उपत्यकामा निजी सवारीमा जोर–बिजोर प्रणाली लागु हुने, सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिइने — OSNepal

काठमाडौं उपत्यकामा निजी सवारीमा जोर–बिजोर प्रणाली लागु हुने, सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिइने

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । आज तिनै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । गत वैशाख १६ गते देखि जारी निषेधाज्ञाको पछिल्लो पटक थपेको निषेधाज्ञा भोली मध्यरातिबाट सकिनै लाग्दा निषेधाज्ञालाई कसरी खुकुलो बनाउँदै लैजाने भन्ने विषयमा निणर्य गर्न आज साँझ ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको सहभागी हुने भएका छन् ।

असार आठ गतेबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्ने , सरकारी कार्यालयमा भिड नहोस् भन्नका लागि साताको दुई दिन बिदा दिने विषयमा पनि निणर्य हुने जनाइएको छ । कुन कुन क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने विषयमा आज निणर्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर