उपचाररत नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार ,अक्सिजन सर्पोट हटाइयो — OSNepal

उपचाररत नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार ,अक्सिजन सर्पोट हटाइयो

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा उपचार गर्न पुगेका नेता खनाललाई पोष्ट कोभिडको समस्या देखिएको थियो ।

उनको सचिवालयमा दिएको जानकारी अनुसार अहिले खनाललाई लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ । ज्वरो , टाउको दुखाई र खोकी पनि सन्चो भएको सचिवालयले जनाएको छ । अझै केहि दिन भने खनाल अस्पतालमा नै बस्नु पर्ने स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर