कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलेको हो, कांग्रेससँग तालमेल गर्न तीन र्शत मान्नुपर्छ : कोइराला — OSNepal

कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलेको हो, कांग्रेससँग तालमेल गर्न तीन र्शत मान्नुपर्छ : कोइराला

LC (KTM) July 27, 2022 0

वीरगञ्ज ११ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलेको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

बार्गेनिङ गर्नका लागि मात्र माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा उठाएको बताएका कोइरालाले भने , ‘हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज (ठूलो) पार्टी हो ।’

प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । तालमेलका लागि आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने र ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने शर्त राखेका उनले यी तिन शर्त माने मत्र तालमेल गरिने बताए ।

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने भन्दै कोइरालाले भने , ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि मात्र तालमेल गर्ने बताएका उनले कांग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको बताए ।

संघीयता खारेज गर्ने कुरा भनेको संविधान संशोधनसँग जोडिएकोले त्यती सहज नभएको भन्दै उनले अघि भने , ‘संघीयता खारेज गर्ने कुरा भनेको संविधान संशोधनसँग जोडिएको छ, त्यति सहज छैन, त्यसैले आत्तिहाल्नुपर्ने अवस्था त देख्दिनँ,’ उनले भने, ‘तर यसरी नै चलाउने हो भने संघीयता धरापमा पर्न सक्छ । अधिकार विहीन संघीयता भइरह्यो भने गाह्रो पर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर