कोरोनाका कारण एक दिनको फरकमा कायस्थ दम्पतीको दुखद निधन — OSNepal

कोरोनाका कारण एक दिनको फरकमा कायस्थ दम्पतीको दुखद निधन

LC (KTM) June 20, 2021 0

चितवन-भरतपुरका एक दम्पतीको कोरोनाका कारण निधन भएको छ ।कोभिड संक्रमणका कारण एकदिनको फरकमा भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो । एकदिनको फरकमा श्रीमान श्रीमतीको निधन भएपछि पविार गहिरो शोकमा डुबको छ ।

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ ।

कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए । मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको पनि अस्पतालले बताएको छ । फोक्सोमा निमोनिया भएपछि उनीहरुको निधन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर